Tuesday, September 22, 2026
Zenith Migration Education
Tuesday, September 22, 2026

डीआईजीमा बढुवा विश्व अधिकारीलाई दर्ज्यानी चिन्ह प्रदान

Zenith Migration Education

डीआईजीमा बढुवा भएका विश्व अधिकारीलाई प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।

बुधबार प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा आईजीपी कार्कीले अधिकारीलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गरेका हुन्।

गृहमन्त्रीस्तरको सोमबारको निर्णयले विश्व अधिकारीलाई डीआईजीमा बढुवा गरेको थियो। बढुवापछि उनलाई आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालयमा पदस्थापन गरिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु