Tuesday, September 22, 2026
Zenith Migration Education
Tuesday, September 22, 2026

सिड्नीमा यम बरालको विशेष सांगीतिक कार्यक्रम

Zenith Migration Education

सिड्नी, २६ नोभेम्बर २०२५ – आगामी नोभेम्बर २८ मा चर्चित गायक यम बराल को विशेष सांगीतिक कार्यक्रम सिड्नीमा आयोजना हुन लागेको छ। पाल्पा इन्टरटेनमेन्ट द्वारा आयोजना हुने यो कार्यक्रम अबर्नस्थित ग्रान्ड प्यालेस मा हुने छ।

कार्यक्रममा बरालसँगै चलचित्र निर्देशक शोभित बस्नेत, गायिका प्रीति घिमिरे, र स्थानीय कलाकारहरू बिन भुसाल, महेन्द्र बिक, र निशा तामाङ ले प्रस्तुति दिने कार्यक्रम तय भएको छ।

आयोजक सुवास थापा का अनुसार, दर्शकको चाहनाअनुसार संस्थाले अनुभवी कलाकारलाई प्राथमिकता दिँदै आएको छ। यसअघि पाल्पा इन्टरटेनमेन्टले गायक रामकृष्ण ढकाल को कार्यक्रम पनि आयोजना गरिसकेको छ।

यस सांगीतिक कार्यक्रममा आरएफएम, एटुजेड क्लिनिङ, र राइट अप्सन एजुकेसन ले प्रायोजन गरेको छ। गायक बराल मंगलबार सिड्नी पुगेका थिए भने निर्देशक बस्नेत र आयोजकहरूले उनलाई सिड्नी बिमानस्थलमै स्वागत गरेका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु