Saturday, May 2, 2026
Zenith Migration Education
Saturday, May 2, 2026

बजारलाई बाटो देखाउनुपर्छ, कुण्ठित गर्नुहुँदैन : अर्थमन्त्री खनाल

Zenith Migration Education

अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले बजारको स्वतन्त्रतालाई कुण्ठित नगरीकन बजारलाई बाटो देखाउनुपर्ने बताएका छन् । वर्तमान अर्थतन्त्रको अवस्थाबारे आयोजित छलफलका क्रममा उनले यस्तो बताए ।

अहिले अर्थतन्त्रको चरित्र परिवर्तन भएको उल्लेख गर्दै उनले अब विगतमा जस्तो सरकारले डोहोर्‍याएर ठाउँ तोकिदिने परिपाटी नरहेको बताए । उनले नेपालमा राजनीतिक अस्थिरता, नीतिगत अस्थिरता अहिलेको मात्रै चरित्र नभएको जिकिर गरे । प्रत्येक पाँच वर्षमा नेपालमा केही न केही दुर्घटनाहरु हुने गरेको उल्लेख गरे ।

उनले भने, ‘नेपालमा राजनीतिक अस्थिरता, नीतिगत अस्थिरता अहिलेको मात्रै चरित्र होइन । यो निकै लामो समयदेखिको चरित्र हो । प्रत्येक पाँच, ६ वर्षमा केही न केही यस्ता दुर्घटनाहरु भोग्ने गरेका छौँ । कतिपय प्राकृतिक, आर्थिक र राजनीतिक दुर्घटना होलान् । यस पटक जसरी जेन जीहरुले प्रविधिको प्रयोग गरेर देखाए, लाखौँ मानिसहरु जम्मा गरे । त्यही द्रुत गतिमा सरकार गठन भयो, त्यही द्रुत गतिमा रिकभरीको तयारीमा हामी गयौँ । अहिले अर्थतन्त्रको चरित्र परिवर्तन भएको छ, त्यो बेलाको जस्तो सरकारले डोहोर्‍याएर यो यो कुरामा जानुपर्छ भन्ने जस्तो छैन । बजारको स्वतन्त्रतालाई कुण्ठित नगरीकन बजारलाई बाटो देखाइदिनुपर्छ । त्यसमै हामी लागेका छौँ । छोटो अवधि छ, गर्न सकिँदैन भनेर रोकिनु हुँदैन ।’

अर्थमन्त्री खनालले अहिले अर्थतन्त्रको अवस्था धेरै निराश हुनुपर्ने अवस्थामा पनि नरहेको बताए । आर्थिक नीति, राजनीतिक नीतिले बाटो बिराउँदा कहिलेकाहीँ समस्या हुने गरेको पनि उनले थपे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु