Wednesday, December 10, 2025
Zenith Migration Education
Wednesday, December 10, 2025

एन्फा प्रेसिडेन्ट कप ः चित्लाङ फुटबल क्लबको विजयीशुरुवात, दोस्रो खेल बराबरीमा टुंगियो

Zenith Migration Education

हेटौडा । बुधबारदेखि मकवानपुरको हेटौडामा सुरु भएकोएन्फा प्रेसिडेन्ट कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमाचित्लाङ फुटबल क्लब, काठमाडौंले  उत्कृष्ट प्रदर्शन गर्दैविजयी सुरुवात गरेको छ ।

हेटौडा–६, गौरीटार रंगशालामा भएको पहिलो खेलमाचित्लाङले देउराली युथ क्लब, धनकुटालाई एकतर्फीप्रदर्शनसहित ४–१ को फराकिलो अन्तरले पराजित गरेको हो ।

चित्लाङका लागि चन्दन दास, इशान सुब्बा, विज्ञान खड्का रमदन स्याङ्तनले गोल गरेका थिए भने, देउरालीका रामचन्द्रवजीले एक मात्र गोल फर्काए ।

उत्कृष्ट प्रदर्शनका लागि चित्लाङका जय गुरुङलाई म्यान अफद म्याचघोषित गरिएको थियो ।

प्रतियोगिता अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनातथा मकवानपुर जिल्ला फुटबल संघ८८को प्राविधिकसहयोगमा सञ्चालन हुँदैछ । लिग–कम–नकआउट प्रणालीमाआधारित प्रतियोगिताको विजेताले उपाधिसहित १० लाखरुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख रुपैयाँ पुरस्कारपाउनेछन् ।

यसैबीच, आजै सम्पन्न दोस्रो खेलमा विजय युवा क्लब रलालिगुराँस संघ क्लब, गोरहीबीचको खेल ०–० बराबरीमाटुंगिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु