Saturday, December 13, 2025
Zenith Migration Education
Saturday, December 13, 2025

धनुषामा चोरी गर्ने महिलाको गिरोह पक्राउ

Zenith Migration Education

धनुषा । धनुषामा घरभित्रै पसेर चोरी गर्ने महिलाको गिरोह पक्राउपरेका छन् । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका १४ की४० वर्षिया हिरा देवी मुखिया, सोही स्थानकी ४५ वर्षिया राधा देवीयामुखिया र जनकपुरधाम उपमहानगरपालिका १४ मा डेरा लिई बसेकी१९ वर्षिया जस्मित खातुन रहेकी छन् ।

गत कार्तिक २ गत्ते रातको समयमा जनकपुरधाम उपमहानगरपालिका८ स्थित नमुना बस्तीमा रहेको पुरन सिंह थारुको घरमा नगद तथागरगहणासहित विभिन्न सरसामान चोरी भएको थियो । प्रहरीले खबरप्राप्त गर्नासाथ विशेष अनुसन्धान टोलीले सुक्ष्म अनुसन्धान गर्दै जाँदाउनीहरुलाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालयधनुषाले जानकारी दिएको छ । पक्राउ परेका तीनै जना संग चोरीभएका सरसामान बरामद भएको छ । उनीहरुले केही गरगहनामहोत्तरीको जलेश्वर नगरपालिका २ स्थित माँ अम्बे ज्वेलर्सलाईबेचेका थिए । प्रहरीले उक्त ज्वेलर्सका सञ्चालक सरज साह सोनारर अनरजित साहलाई खरीद गरिएको चोरीका गरगहनासहित पक्राउष्रेको छ ।

पक्राउ परेका पाँचवटैलाई जिल्ला अदालत धनुषाबाट म्याद थप गरीअनुसन्धानका लागि धनुषा प्रहरीले राखेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु