Saturday, December 13, 2025
Zenith Migration Education
Saturday, December 13, 2025

सशस्त्र प्रहरीमा एकैपटक १६८ जना अधिकृतको कमाण्ड जिम्मेवारी बदली

Zenith Migration Education

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले बदलिदो सुरक्षा चुनौतीलाई मध्यनजर राख्दै एकैपटकमा एक सय ६८ जना सशस्त्र प्रहरी अधिकृतहरूको कमाण्ड जिम्मवारी बदली गरेको छ ।

जसमा सशस्त्र प्रहरी नायव उपरीक्षक २६ जना, सशस्त्र प्रहरी निरीक्षक ९३ जना र सशस्त्र प्रहरी नायव निरीक्षक ४९ जना गरी जम्मा एक सय ६८ जनाको बदली गरेको हो।

सशस्त्र मुख्यालयले कमाण्डमा खटिने अधिकृतहरुको पहिले नै पुर्वानुमान सूची प्रकाशन गर्ने र सोही पूर्वानुमान सूचीमा रहेका अधिकृतहरुलाई नै कमाण्ड जिम्मेवारीमा खटाउँदै आएको छ । यस बाहेक विगतमा सीमा क्षेत्रमा खटिएर राजश्व संकलनमा उत्कृष्ट कार्य गरेका अधिकृतहरुलाइ कामान्डम प्राथमिकतामा राखेर जिम्मेवारी दिइएको सशस्त्र प्रहरीका सह प्रबक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

वर्तमान अबस्थामा राजश्व संकलनलाइ विशेष जोड दिदै सोही कार्यमा बिगतका ट्र्याक रेकर्ड अनुसार अधिकृत हरुलाइ जिम्मेवारी दिने नीति संगठनको रहेको उनको भनाई छ। यसै गरि लामो समय एउटै प्रदेशमा कार्यरत अधिकृतलाई फरक प्रदेशको युनिटहरुमा खटाइएको छ ।अनिर्वाय अवकाश हुन कम अवधि बाँकी रहेका सशस्त्र प्रहरी अधिकृतहरुलाई प्राथमिकतामा राखी कमाण्ड जिम्मेवारी खटाउने तथा आफ्नो वतन तथा कार्यरत क्षेत्रभन्दा फरक भौगोलिक क्षेत्रमा कामकाज गर्ने गरी जिम्मेवारीमा खटाउँदै आएको मुख्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु