Wednesday, May 6, 2026
Zenith Migration Education
Wednesday, May 6, 2026

अष्ट्रेलियामा वरिष्ठ पत्रकार सरल गुरुङलाई धम्की

Zenith Migration Education

सिड्नी – अष्ट्रेलियामा रहेर लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय वरिष्ठ पत्रकार सरल गुरुङलाई अज्ञात व्यक्तिबाट धम्की आएको घटनापछि नेपाली समुदायभित्र सनसनी फैलिएको छ।

गुरुङले आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै दिनरात नेपाली समाज र पत्रकारिताका लागि निस्वार्थ योगदान गर्ने पत्रकारलाई धम्क्याउने कार्य बन्द गर्न चेतावनी दिएका छन्। उनले स्पष्ट पार्दै भनेका छन्, “मैले गल्ती गरेको भए सजाय भोग्न तयार छु, तर तथ्यहीन आरोप र धम्की सहन सक्दिन।”

उनले राति अबेर फोन गरेर त्रास सिर्जना गर्ने र प्रमाणबिनाका आरोप लगाउने कार्य रोक्न माग गर्दै आफूमाथि लगाइएका आरोप प्रमाणसहित पुष्टि गर्न चुनौती दिएका छन्।

यस घटनापछि समुदायभित्र धम्की दिने व्यक्तिलाई कानूनी कारबाहीको दायरामा ल्याउनुपर्ने आवाज उठेको छ। सरल गुरुङजस्ता निडर र निस्वार्थ पत्रकारलाई त्रासमा राख्ने प्रयासले लाखौँ नेपालीको मन दुःखित भएको भन्दै सामाजिक सञ्जालमा तीव्र प्रतिक्रिया व्यक्त भइरहेको छ।

नेपाल र नेपालीप्रति समर्पित अभियन्ता तथा सञ्चारकर्मीका रूपमा चिनिएका गुरुङले सञ्चालन गर्दै आएको नेपाल ट्युब अष्ट्रेलिया नेपाली समुदायबीच लोकप्रिय मिडिया हो।

यो घटनाले अष्ट्रेलियास्थित नेपाली पत्रकारहरूको सुरक्षा र स्वतन्त्र अभिव्यक्ति अधिकारबारे गम्भीर प्रश्न खडा गरेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु