Saturday, December 13, 2025
Zenith Migration Education
Saturday, December 13, 2025

अर्थमन्त्री र विभिन्न मुलुकका राजदूतबीच शिष्टाचार भेट

Zenith Migration Education

काठमाडौं । अर्थमन्त्री रामेश्वर प्रसाद खनाल र नेपालका लागि कार्यरतविभिन्न मित्रराष्ट्रका राजदूतहरूबीच अर्थ मन्त्रालयमा शिष्टाचार भेटघाटभएको छ ।

भेटघाटमा यूरोपियन यूनियनकी राजदूत भेरोनिक लोरेन्जो, जर्मनीकाराजदूत उडो यूजेन भोल्ज, फिनल्याण्डका राजदूत पेट्री पुहक्का तथाफ्रान्स गणतन्त्रका राजदूतावासका प्रतिनिधि सहभागी थिए ।

भेटघाटका क्रममा अर्थमन्त्री खनालले नेपालका सामाजिक तथा आर्थिकविकासमा युरोपियन यूनियन, जर्मनी, फ्रान्स र फिनल्याण्डले पुर्याउँदैआएको दीर्घकालीन सहयोगप्रति धन्यवाद ज्ञापन गरे ।

उनले सार्वजनिक वित्त व्यवस्थापन, सार्वजनिक खरिद, मानव स्रोतविकास लगायतका क्षेत्रमा युरोपियन यूनियनले दिएको सहयोगउल्लेखनीय रहेको बताए ।

साथै, उनले जर्मनी, फिनल्याण्ड र फ्रान्सले स्वास्थ्य, पर्यटन, ऊर्जा, राजस्व व्यवस्थापन लगायतका क्षेत्रमा दिएको योगदानप्रति पनिकृतज्ञता व्यक्त गरे ।

उक्त अवसरमा सहभागी राजदूतहरूले नेपालमा हालै सम्पन्न राजनीतिकरूपान्तरणपछि पनि आफ्ना देशहरू नेपाल सरकारसँग सहकार्य गर्न सधैँप्रतिबद्ध रहेको धारणा व्यक्त गरे ।

त्यसैगरी, सोही दिन अर्थमन्त्री खनाल र नेपालका लागिस्वीट्जरल्याण्डका राजदूत डा. ड्यानियली म्युलरबीच पनि अर्थमन्त्रालयमा शिष्टाचार भेट भएको छ ।

भेटमा अर्थमन्त्री खनालले स्वीट्जरल्याण्ड नेपालको पुरानो मित्र राष्ट्रभएको उल्लेख गर्दै नेपालको आर्थिक विकास, सार्वजनिक वित्तव्यवस्थापन, व्यवसायिक तालिम, प्रादेशिक तथा स्थानीय सुशासन, क्षमता विकास जस्ता विविध क्षेत्रमा गरिएको सहयोगप्रति धन्यवादव्यक्त गरे ।

स्वीस राजदूत डा. म्युलरले नेपालजस्तो हिमाली देशसँग सहकार्य गर्नपाउँदा सन्तोष व्यक्त गर्दै आगामी दिनमा समेत नेपाल सरकारसँगसहकार्य गर्न निरन्तर इच्छुक रहेको धारणा व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु