Saturday, June 27, 2026
Zenith Migration Education
Saturday, June 27, 2026

सीआईबी प्रमुखमा एआईजी केसी

Zenith Migration Education

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को प्रमुखमा अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोजकुमार केसीलाई सरुवा गरिएको छ।

हाल प्रहरी प्रधान कार्यालयको प्रदेश समन्वय विभागको प्रमुख रहेका केसीलाई सीआईबीको जिम्मेवारी दिने निर्णय आइतबारको मन्त्रिपरिषद् बैठकले गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले बताए।

डा.केसी प्रदेश समन्वय विभागमा कार्यरत थिए। सीआईबीको नेतृत्व दुई सातादेखि रिक्त थियो ।

डा.केसी एसएसपी हुँदा नक्कली भुटानी शरणार्थी प्रकरणमा हाइप्रोफाइललाई पक्राउ गरेर चर्चामा आएका अधिकृत हुन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु