Saturday, December 13, 2025
Zenith Migration Education
Saturday, December 13, 2025

भारतस्थित नेपाली राजदुतावासमा मनाइयो संविधान दिवस

Zenith Migration Education

भारतको राजधानी दिल्लीस्थित नेपाली राजदुतावासमा संविधान दिवस मनाइएको छ ।

संविधान दिवसको अवसरमा भारतका लागि नेपाली राजदुत डा. शंकर शर्माले राजदुतावास प्राङ्गणमा राष्ट्रिय भन्डा फहराए ।

समारोहमा संक्षिप्त बोल्दै राजदुत शर्माले देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूलाई संविधान दिवसको शुभकामना व्यक्त गर्नुका साथै नेपालमा हालै भएको जेनजी आन्दोलनमा ज्यान गुमाएका शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गरे ।

उनले अन्तरिम सरकार र त्यसपछि बन्ने सरकारहरूले नेपाली जनताको हित हुने नेपाललाई आर्थिक रूपमा सबल बनाउने गरी काम गरोस् भन्ने शुभकामना पनि दिए ।

समारोहमा दिल्लीस्थित नेपाली राजदूतावासका सम्पूर्ण अधिकारीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु