Friday, December 12, 2025
Zenith Migration Education
Friday, December 12, 2025

जेनजी प्रदर्शनमा ज्यान गुमाएका तीन प्रहरीको अन्त्येष्टि

Zenith Migration Education

काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ज्यान गुमाएका तीन प्रहरीको अन्त्येष्टि भएको छ । भदौ २४ गतेको हिंसात्मक घटनालाई नियन्त्रणमा लिने प्रयास गर्दा काठमाडौँमा तीन प्रहरीको मृत्यु भएको थियो ।

प्रदर्शन हुँदा ड्युटीमा रहेका असई मिलन राय र जवान उत्तम थापामाथि महाराजगञ्जमा जम्मा भएका प्रदर्शनकारीले आक्रमण गरेका थिए ।

असई राय हिरासत व्यवस्थापनमा खटिएका थिए । हिरासतमा रहेका थुनुवालाई सुरक्षित बनाएर आफू सुरक्षित हुन खोज्दा उनी प्रदर्शनकारीको आक्रमणमा परेका थिए । उनलाई जोगाउन गएका जवान थापा पनि मारिए ।

सोही दिन कोटेश्वरमा जम्मा भएका प्रदर्शनकारीले आक्रमण गर्दा सहायक हवल्दार अमृत गुरुङले ज्यान गुमाएका थिए । उनीहरूको शुक्रबार पशुपति आर्यघाटमा सलामीसहित अन्त्येष्टि गरिएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु