Wednesday, June 24, 2026
Zenith Migration Education
Wednesday, June 24, 2026

सुन तस्करीका नाइके गोरे कारागार फर्किने

Zenith Migration Education

काठमाडौँ । ३८ क्वीन्टल सुन तस्करीमा संलग्न भएको आरोपमा लागेका चुडामणि उप्रेती (गोरे) कारागार फर्किने भएका छन् । जेनजी प्रदर्शनका क्रममा उनीसहित कारागारमा रहेका व्यक्ति भदौ २४ गते सुन्धारा कारागारबाट भागेका थिए ।

कारागार प्रशासनका अनुसार गोरेका आफन्त सुन्धारा कारागारको सम्पर्कमा आएर गोरे फर्किने तयारीमा रहेका छन् । ‘उहाँका आफन्तले हामीलाई सम्पर्क गर्नुभएको छ । कारागार फर्किने जानकारी गराउनु भएको छ’ कारागार स्रोतले भन्यो ।

मोरङ, उर्लाबारीका सनम शाक्यको हत्याको अनुसन्धानका क्रममा प्रहरीले ९ माघ २०७४ मा दुबईबाट आएको साढे ३३ किलो सुन हराएपछि भरियाका रूपमा प्रयोग भएका शाक्यको हत्या भएको पत्ता लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु