Wednesday, December 10, 2025
Zenith Migration Education
Wednesday, December 10, 2025

ट्रम्प समर्थक चार्ली किर्कको गोली हानी हत्या

Zenith Migration Education

अमेरिका । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थक तथा दक्षिणपन्थी कार्यकर्ता चार्ली किर्कको गोली प्रहार गरी हत्या गरिएको छ ।

युटा राज्यस्थित युटा भ्याली विश्वविद्यालयमा बिहीबार आयोजित ‘द अमेरिकन कमब्याक टुर’ कार्यक्रममा सहभागी हुन त्यहाँ पुगेका बेला उनी माथि गोली प्रहार भएको हो ।

सामाजिक सञ्जालमा भाइरल भिडियोमा देखिएअनुसार, किर्क एउटा टेन्ट मुनि माइक समातेर बोलिरहेका बेला अकस्मात् गोली उनको घाँटी नजिकै लाग्छ, धेरै रगत बगेपछि र उनी ढल्छन् ।

चार्लीको हत्यापछि ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथमा लेखेका छन्, ‘साँचो महान् अमेरिकी देशभक्त चार्ली किर्कको सम्मानमा म अमेरिकाभरीका सबै झण्डा आइतबार साँझ ६ बजेसम्म आधा झुकाउन आदेश दिन्छु ।’

चार्ली किर्क टर्निङ प्वाइन्ट यूएसए (टीपीयूएसए) नामक संस्था सञ्चालन गर्थे, जसमार्फत उनी विद्यालय तथा कलेजमा गएर विद्यार्थीलाई राजनीति बुझाउँथे । उनी ट्रम्पका कट्टर समर्थक मानिन्थे। हालसम्म आक्रमणकारी को हो र किन आक्रमण गरियो भन्ने स्पष्ट भएको छैन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु