Wednesday, May 27, 2026
Zenith Migration Education
Wednesday, May 27, 2026

त्रिविको स्नातक तह दोस्रो वर्षका परीक्षा स्थगित

Zenith Migration Education

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले परीक्षा स्थगित गरेको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालयकाअनुसार यही भदौ २४, २५ र २६ गते (बिहान ७ देखि १० बजेसम्म र १२ बजेदेखि ३ बजेसम्म) हुने भनिएको स्नातक तह दोस्रो वर्ष (आंशिक तथा मौका) को परीक्षा स्थगित गरिएको हो ।

निमित्त परीक्षा नियन्त्रक डा सूर्यकान्त कलौनीले आज सूचना जारी गर्दै त्रिवि केन्द्रीय परीक्षा सञ्चालन समितिको आज बसेको बैठकले देशमा उत्पन्न असहज परिस्थितिका कारण देशभरिका सबै परीक्षा केन्द्रका परीक्षा स्थगित गर्नुपरेको बताए ।

स्थगित भएका परीक्षा क्रमशः असोज २, ४ र ५ गते सोही समय र परीक्षा केन्द्रमा हुने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु