काठमाडौँ । सिंहदरबारमा सबै सामाजिक सञ्जाल निरन्तर सञ्चालनममा रहेको पाइएको छ । सिंहदरबारमा रहेको नेटवर्कअन्तर्गतका वाइफाइ कनेक्ट भएपछि फेसबुक, ह्वाटस्याप, म्योन्जरलगायतका सबै सामाजिक सञ्जाल खुल्ने गरेको ।
विगतदेखि नै यस्तो निरन्तर रहेको संसद् सचिवालयका कर्मचारी र सांसदहरू बताउँछन् ।
सोमबार प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक थियो । बैठक चलिरहेका बेला सामाजिक सञ्जाल बन्दको विरोधमा प्रदर्शनमा उत्रिएकाहरूले संसद भवन नयाँ बानेश्वरमा प्रदर्शन चर्काएपछि गृहमन्त्री रमेश लेखक बाहिरिए ।
गृहमन्त्री लेखक समितिको बैठकबाट बाहिरिएपछि समितिको बैठक पनि स्थगित भयो । बैठकपछि एक सांसद भन्दै थिए, ‘सिंहदरबारमा चल्ने अन्त नचल्ने भएपछि नागरिकमा आक्रोश त बढिहाल्छ नि ।’



