Wednesday, May 27, 2026
Zenith Migration Education
Wednesday, May 27, 2026

रास्वपाकी सांसद सुमना श्रेष्ठले मागिन् प्रधानमन्त्री ओलीको राजीनामा

Zenith Migration Education

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेकी छन् ।

सामाजिक सञ्जालमार्फत उनले लेखेकी छन्, ‘प्रधानमन्त्रीज्यू, तपाईंले आफ्नो वैधता गुमाउनुभएको छ । तपाईंले राजीनामा दिनैपर्छ ।’

उनले सोमबार भएको जेनजीहरुको प्रदर्शनका क्रममा मृत्यु भएकाप्रति श्रद्धाञ्जली र घाइतेप्रति शिघ्र स्वास्थ्य लाभको कामना भनेकी छन् ।

‘नेपाली मारेर शासन गरने– बच्चा मारेर शासन गरने–नेपाल सरकार धिक्कार मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली र घाइतेप्रति शिघ्र स्वास्थ्य लाभको कामना’ उनले लेखेकी छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु