Tuesday, May 26, 2026
Zenith Migration Education
Tuesday, May 26, 2026

सिभिल अस्पतालमा थप एक जनाको मृत्यु, मृतकको सङ्ख्या १४ पुग्यो

Zenith Migration Education

काठमाडौं । सिभिल अस्पतालमा थप एकजना प्रदर्शनकारीको मृत्यु भएसँगै मृतकको सङ्ख्या १४ पुगेको छ । सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजीहरूको प्रदर्शनका क्रममा गम्भीर घाइते भएका अर्का एक जनाको सिभिल अस्पतालमा मृत्यु भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्रोतका अनुसार, उपत्यकाका विभिन्न अस्पतालमा १४ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ । दिउँसो ३ः३० बजेसम्म १३ जनाको मृत्यु भइसकेको हो ।
ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा ३, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ र एभरेष्ट अस्पतालमा ३ जना जनाको मृत्यु भएको हो ।

घाइतेहरूको यकिन विवरण भने प्राप्त हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु