Thursday, April 30, 2026
Zenith Migration Education
Thursday, April 30, 2026

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको दुई लाख १० हजार

Zenith Migration Education

काठमाडौँ । शुक्रबार पनि सुनको मूल्यमा नयाँ रेकर्ड बनेको छ । यस दिन सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला दुई लाख १० हजार चार सय रुपैयाँ पुगेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा २५ सय रुपैयाँ बढी हो ।

अघिल्लो दिन २ लाख ७ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । एक सातामै सुनको मूल्य करिब १० हजार रुपैयाँ बढेको छ । गत शुक्रबार सुनको भाउ प्रतितोला २ लाख ६ सय रुपैयाँ थियो ।

चाँदीको भाउ प्रतितोला १० रुपैयाँ बढेको छ । अघिल्लो दिन चाँदी प्रतितोला २४८० रुपैयाँमा कारोबार भएकोमा आज २४९० रुपैयाँ छ । चाँदीको यो मूल्य पनि हालसम्मकै उच्च हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु