Wednesday, September 23, 2026
Zenith Migration Education
Wednesday, September 23, 2026

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई

Zenith Migration Education

काठमाडौँ । कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहलाई दिइएको छ।

प्रधानमन्त्री केपी शर्मा ओली शनिबार चीन भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले सिंहलाई कार्यवाहकको जिम्मेवारी तोकेका हुन् ।

प्रधानमन्त्री ओली स्वदेश नफर्किउन्जेल सिंहले दैनिक प्रशासनिक काम सम्हाल्ने राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ । सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा सहभागी हुन चीन गएका प्रधानमन्त्री ओली यही भदौ १८ गते बुधबार फर्किनेछन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु