काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह ‘बालेन’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीन भ्रमणको शुभकामना दिँदै लिपुलेक हाम्रो हो भन्ने कुरा सम्झाउन नबिर्सन आग्रह गरेका छन् ।
प्रमुख साहले शनिबार सामाजिक सञ्जालमार्फत लिपुलेक हाम्रो हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सन आग्रह गरेका हुन् ।
उनले लेखेका छन्, ‘‘चीन भ्रमणको शुभकामना प्रधानमन्त्री ज्यु । नेपालको लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्ने भारत–चीनको सहमतिले हाम्रो सार्वभौमिकतामाथिको अतिक्रमण गरेको छ, त्यो हाम्रो नै हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सनु होला ।’’
उनले प्रधानमन्त्रीप्रति विश्वास व्यक्त गर्दै लेखेका छन्, ‘‘हामीलाई तपाईं माथि पूर्ण विश्वास छ ।’’



