Saturday, September 19, 2026
Zenith Migration Education
Saturday, September 19, 2026

क्यानबेरास्थित नेपाली दूतावासमा संविधान दिवस मनाइयो

Zenith Migration Education

क्यानबेरा । नेपालको संविधान दिवसका अवसरमा क्यानबेरास्थित नेपाली दूतावासमा शनिबार विशेष झण्डोत्तोलन कार्यक्रम सम्पन्न भएको छ।

अस्ट्रेलियाको राजधानी क्यानबेराको ओ’मालीस्थित दूतावास परिसरमा आयोजित कार्यक्रममा नेपाली समुदायका प्रतिनिधि तथा नेपालका शुभेच्छुकहरूको सहभागिता थियो। कार्यक्रममा एनआरएनए क्यानबेराका कोर्डिनेटर ललित मल्ल लगायतको सहभागिता रहेको थियो।

राष्ट्रिय गानसँगै सुरु भएको कार्यक्रममा नेपालको राष्ट्रिय झण्डा फहराइएको थियो। त्यसपछि दूतावासकी कार्यवाहक राजदूत तारा गौतमले संविधान दिवसको अवसरमा मन्तव्य व्यक्त गर्दै दिवसको महत्वबारे प्रकाश पारेकी थिइन्।

कार्यक्रममा सहभागीहरूले एकअर्कालाई संविधान दिवसको शुभकामना आदानप्रदान गर्दै नेपालको संविधान, राष्ट्रिय एकता तथा लोकतान्त्रिक मूल्य–मान्यताप्रति सम्मान व्यक्त गरेका थिए।

नेपाली दूतावास क्यानबेराको आयोजनामा कार्यक्रम सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु