Sunday, June 28, 2026
Zenith Migration Education
Sunday, June 28, 2026

संवैधानिक इजलासमा प्रधान न्यायाधीशले आफैँले न्यायाधीश छनोट गर्ने

Zenith Migration Education

काठमाडौँ । सर्वोच्च अदालत प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले संवैधानिक इजलासमा वरिष्ठता अनुसारका न्यायाधीश नभई आफैँले छनोट गर्ने भएका छन् । प्रधान न्यायाधीश राउतले बुधबार पत्रकारहरूसँग कुरा गर्दै आफ्नो अधिकार प्रयोग गरेको जानकारी दिएका हुन् ।

संवैधानिक इजलासमा वरिष्ठताको आधारमा न्यायाधीश तोकिँदै आएका थिए । पछिल्लो समय संवैधानिक इजलासमा प्रधानन्यायाधीशसँग अन्य न्यायाधीशहरूको राय बाझिन थालेपछि प्रधान न्यायाधीश राउतले रोष्टरमा भएका मध्येबाट गोला प्रथा गरेर अन्य न्यायाधीशहरू तोक्ने अडान राख्दै आएका थिए ।

यसको विपक्षमा वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लसहित अन्य न्यायाधीशहरू उभिएका थिए । राउतले सञ्चारकर्मीहरूसँग भने, ‘‘मैले लिएको निर्णयमा सबै सहमत छन् ।’’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु