Sunday, June 28, 2026
Zenith Migration Education
Sunday, June 28, 2026

उच्च अदालत तुलसीपुरमा रवि लामिछानेको मुद्दामा सुनुवाइ हुँदै

Zenith Migration Education

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको तर्फबाट उच्च अदालत तुलसीपुरमा दायर भएको रिटमा बुधबार सुनुवाइ हुने भएको छ । उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश सागर बिष्टको एकल इजलासमा रविको मुद्दाको पेसी परेको हो ।

सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि नख्खु कारागारमा रहेका लामिछानेको तर्फबाट उनकी श्रीमती निकिता पौडेलले रिट दायर गरेकी थिइन् । बिगो बराबरको बैंक जमानत लिएर छाड्नुपर्ने माग गर्दै पौडेलले यसअघि पनि जिल्ला अदालत रुपन्देहीमा रिट दायर गरेकी थिइन् ।

उनको रिट खारेज गर्दै रविलाई छाड्न अदालतले अस्वीकार गरेको थियो । रुपन्देही अदालतले अस्वीकार गरेपछि निकिता उच्च अदालत पुगेकी हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु