Sunday, June 28, 2026
Zenith Migration Education
Sunday, June 28, 2026

रौतहटमा सुटकेशभित्र मृत भेटिएकी महिलाको पहिचान खुल्यो

Zenith Migration Education

रौतहट । रौतहटको गौर नगरपालिका ९ स्थित गौर–सिर्सिया सडकखण्डमा सुटकेशभित्र मृत अवस्थामा भेटिएकी महिलाको शवको पहिचान खुलेको छ ।

सुटकेशमा भेटिएकी महिला माधवनारायण नगरपालिका २ माधवपुरकी ३५ वर्षीया रुबीकुमारी साह रहेकी छिन् ।
महिलाको शव शनिबार राति ८ बजे सडकको छेउमा सुटकेशभित्र भेटिएको थियो । डोरीले बाधेको सुटकेश सडक छेउमा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

मृत भेटिएकी महिलाको घर भारत मुजफ्फरपुर हो । मुजफ्फरपुरमा विवाह गरेकी उनी माधवपुरमा बस्दै आएकी थिईन् । उनी शनिबार साँझदेखि बेपत्ता भएको जानकारी परिवारले दिएका छन् ।

प्रहरीले घटनाको अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु