Tuesday, June 30, 2026
Zenith Migration Education
Tuesday, June 30, 2026

रौतहटमा सुटकेस भित्र भेटियो महिलाको शव

Zenith Migration Education

काठमाडौँ । रौतहटको गौरमा सुटकेस भित्र एक महिलाको शव फेला परेको छ । गौर नगरपालिकाको वडा नं. ९ मुडवलवा गेट नजिकै सडक किनारमा सुटकेस भित्र महिलाको शव भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार शनिबार राति बेवारिसे अवस्थामा सडक किनारमा डोरीले बाँधिएको सुटकेस फेला परेको थियो । बिहान सो सुटकेस खोलेर हेर्दा एक महिलाको शव भेटिएको हो ।

महिलाको टाउकोमा गहिरो चोट देखिएको छ। सुटकेशमा केही कागजात र महिलाको सुरुवालको खल्तीमा केही नगद रुपैयाँ पनि भेटिएको छ । शव पोस्टमार्टमक लागि प्रादेशिक अस्पताल गौर पठाइएको छ । महिलाको अहिलेसम्म कुनै पहिचान नभइसकेको र अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु