Sunday, June 28, 2026
Zenith Migration Education
Sunday, June 28, 2026

नागरिकप्रति समर्पित भई खटिइन सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको निर्देशन

Zenith Migration Education

काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले नागरिकप्रति समर्पित भई कार्य गर्न सशस्त्र प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् । सशस्त्र प्रहरी बल नेपाल नं ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरको आठौँ वार्षिकोत्सवलाई आज सम्बोधन गर्दै उनले सामूहिक भावनाका साथ त्रुटिरहित ढङ्गबाट कार्यसम्पादन गर्न निर्देशन दिए ।

विपद् उद्धारको कार्यमा बाहिनी तथा मातहत कार्यालयले पुर्‍याएको योगदान सराहनीय रहेको उल्लेख गर्दै महानिरीक्षक अर्यालले सङ्गठनले गठन गरेको सामुदायिक स्वयंसेवक समूहको सक्रियताबाट विपद् उद्धारमा थप प्रभावकारिता आउने विश्वास व्यक्त गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले सीमा सुरक्षादेखि सामाजिक दायित्वलगायत क्षेत्रमा सशस्त्र प्रहरीले गरेको योगदान सरहानीय रहेको बताए । चितवनको कालिका नगरपालिका प्रमुख विनोद रेग्मीले नागरिकलाई अप्ठ्यारो परेको बेला सशस्त्र प्रहरीको भूमिका अतिमहत्त्वपूर्ण रहेको उल्लेख गरे ।

सो अवसरमा महानिरीक्षक अर्यालले वर्षभरि उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारी, बाहिनीलाई सहयोग पुर्‍याएउने विभिन्न सङ्घसंस्था तथा महानुभाव र अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारीलाई पुरस्कार, कदरपत्र तथा प्रशंसापत्र प्रदान गरे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु