काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पक्षमा ३४ लाखले हस्ताक्षर गरेका छन् । पार्टी सभापति लामिछानेमाथि गरिएको राजनीतिक प्रतिशोधविरुद्ध हस्ताक्षर सङ्कलन अभियान जारी रहेको प्रवक्ता मनिष झाले बताए ।
उनका अनुसार आजसम्म ३४ लाखले हस्ताक्षर गर्दा ६५ लाख सहयोग सङ्कलन भएको छ । हस्ताक्षर सङ्कलन अभियान पश्चिमदेखि पूर्वी नेपालको देश यात्रामा निस्किएको उनले बताए ।
उनले भने, ‘‘हिजोदेखि सुदूरपश्चिमको कञ्चनपुरबाट पनि अभियानको सुरु भएको छ। यसको नेतृत्व सचिवालय सदस्य दीपक बोहरा गर्नुभएको छ ।’’
रास्वपाले सभापति लामिछानेविरुद्ध राजनीतिक प्रतिशोध राखेको भन्दै असार ७ गतेदेखि अभियानको सुरु गरेको थियो ।



