Friday, June 26, 2026
Zenith Migration Education
Friday, June 26, 2026

प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित

Zenith Migration Education

काठमाडौं । प्रतिनिधि सभामा बुधबार हुने तय भएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ । सभामुखको सचिवालयका अनुसार नेकपा एमालेका मुख्य सचेतक महेशकुमार बर्तौलाले कार्यव्यवस्था परामर्श समितिको बैठकमा यस्तो जानकारी गराएका छन् ।

‘स्वास्थ्यका कारण प्रश्नोत्तर कार्यक्रमका लागि संसद् बैठकमा प्रधानमन्त्री आउन नसक्ने’ जानकारी बर्तौलाले गराएका हुन् । योसँगै आज तय भएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित हुन पुगेको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु