Monday, June 29, 2026
Zenith Migration Education
Monday, June 29, 2026

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ

Zenith Migration Education

काठमाडौँ । मानव बेचबिखन तथा ओसार पसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुकुम पश्चिम बाफिकोट गाउँपालिका-२ घर भएका हाल कीर्तिपुर नगरपालिका–४ गाम्चा बस्ने कल बहादुर बस्नेत रहेका छन् ।

उनलाई एनसिबि अबू धाबी युएईको समन्वयमा युएईमा पक्राउ गरेको हो । प्रहरीका अनुसार उनलाई सम्बन्धित मुद्दामा कारबाही गर्नेरगराउने प्रयोजनार्थ सोमबार नेपाल फिर्ता ल्याइएको छ ।

उक्त मुद्दामा संलग्न रही फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि एनसिबि काठमाडौँको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८१ पुस ११ गते उनी विरुद्ध रेड नोटिस जारी भएको प्रहरीले जनाएको छ ।

उनलाई सम्बन्धित कसुर बमोजिम कानुनी कारवाहीको लागि मानव बेचबिखन ब्युरो पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु