Monday, August 31, 2026
Zenith Migration Education
Monday, August 31, 2026

स्पेनमा डढेलाको प्रभाव बढ्दै

Zenith Migration Education

म्याड्रिड । स्पेनमा लागेको डढेलोका कारण यस वर्ष करिब पाँच लाख फुटबल मैदान बराबरको क्षेत्र प्रभावित भएको छ । डढेलोले स्पेनमा अहिलेसम्म कै सबैभन्दा बढी जमिन जलेको एक युरोपेली अनुगमनकारी संस्थाले सोमबार जनाएको छ ।

‘युरोपियन फरेस्ट फायर इन्फर्मेसन सिस्टम (एफिस)’ को तथ्याङ्कअनुसार स्पेनमा डढेलोले अहिलेसम्म तीन लाख ४३ हजार हेक्टर (आठ लाख ४८ हजार एकड) भन्दा बढी जमिन जलेको छ।

पोर्चुगलमा सन् २०१७ मा पाँच लाख ६३ हजार हेक्टर जमिनमा डढेलोले क्षति पुर्‍याएको थियो भने ११९ जनाको ज्यान लिएको थियो । यूरोपमा यो नै सबैभन्दा बढी जमिनमा डढेलो लागेको घटनाका रूपमा रेकर्ड गरिएको थियो । दुई दशकदेखि तथ्याङ्क सङ्कलन गर्दै आएको एफिसका अनुसार सन् २०२५ मा पोर्चुगलमा दुई लाख १६ हजार हेक्टर जमिनमा डढेलो लागेको छ ।

स्पेनमा यस वर्ष लागेको डढेलो ग्यालिसिया, कास्टिले र लियोनको उत्तरपश्चिमी क्षेत्रमा केन्द्रित रहेको छ र यसमा छ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु