Wednesday, July 1, 2026
Zenith Migration Education
Wednesday, July 1, 2026

यू-२० महिला एसियन कप छनोट: नेपाल र भुटानबीचको खेल बराबरीमा सकियो 

Zenith Migration Education

काठमाडौँ । एएफसी यू-२० महिला एसियन कप छनोटअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले भुटानसँग बराबरी खेलेको छ ।

भुटानमा बुधबारदेखि सुरु भएको छनोटअन्तर्गतको खेलमा नेपालले घरेलु टोली भुटानसँग १–१ को बराबरी खेलेको हो । पहिलो हाफ १–१ को बराबरीमा रहेको खेलमा दोस्रो हाफमा दुवै टोलीबाट गोल हुन सकेन ।

खेलको पहिलो मिनेटमै नेपालकी सेनु परियारले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाएकी थिइन् । खेलको १८औँ मिनेटमा केल्देन वाङमोले गोल गर्दै भुटानलाई बराबरीमा फर्काइन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु