तुर्कमेनिस्तान । प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त राष्ट्रसङ्घका उपमहासचिव एवम् अतिकम विकसित तथा भूपरिवेष्टित विकासशील र साना टापु विकासशील मुलुकका लागि उच्च प्रतिनिधि रबाब फातिमाले बुधबार शिष्टाचार भेट गरेका छन् ।
भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका क्रममा फातिमाले प्रधानमन्त्री ओलीलाई भेट गरेका हुन् ।
भेटमा सहभागी संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी प्रतिनिधि लोकबहादुर थापाका अनुसार भेटका अवसरमा नेपालले आगामी सन् २०२६ मा आफूलाई विकासशील मुलुकका स्तरोन्नतिमा लान गर्नुपर्ने तयारीलाई थप गति दिने विषयमा छलफल भएको थियो । भेटमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, स्थायी प्रतिनिधि थापालगायत सहभागी थिए ।



