Saturday, May 2, 2026
Zenith Migration Education
Saturday, May 2, 2026

नेपालमा बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार

Zenith Migration Education

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । एकै दिन तोलामा ३४ सय रुपैयाँले बढेर आज एक लाख ९६ हजार पाँच सय रुपैयाँका कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन सुन प्रतितोला एक लाख ९३ हजार १ सयमा कायम भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ बढेको छ । चाँदी प्रतितोला दुई हजार २ सय ५० रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला दुई हजार २ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु