Thursday, July 2, 2026
Zenith Migration Education
Thursday, July 2, 2026

रमेश सिंह ठकुरीद्वारा ‘मिशन ९९९’ घोषणा : अष्ट्रेलियामा नेपाली युवाका लागि नयाँ अध्यायको सुरुआत

Zenith Migration Education

सिड्नी, (अष्ट्रेलिया) । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको न्यू साउथ वेल्स (एनएसडब्लु) राज्यका नवनिर्वाचित युवा संयोजक रमेश सिंह ठकुरीले ‘मिशन ९९९’ अभियानको घोषणा गरेका छन् ।

गत शनिबार अष्ट्रेलियामा सम्पन्न भएको एनआरएनए निर्वाचनमा एनएसडब्लु राज्यका युवा संयोजकमा निर्वाचित ठकुरीले ‘९९९ भन्दा बढी आवाज, एक उद्देश्य’ भन्ने नाराका साथ उक्त अभियान सुरु गरेका हुन् ।

उक्त अभियानले अष्ट्रेलियामा रहेका नेपाली युवाहरुको आत्मविश्वास, क्षमता र भविष्य निर्माणमा केन्द्रित हुने बताइएको छ ।
ठकुरीले सामाजिक सञ्जालमार्फत उक्त अभियान सार्वजनिक गर्दै भने, “९९९ भोट सङ्ख्या मात्र होइन, यो एक विश्वास हो । यति धेरै युवाहरू अवसर, पहिचान र परिवर्तन खोजिरहेका छन् भन्ने सङ्केत हो ।”

उनले अगाडि थपे, “म तपाईहरूको कथा सुनेको छु, केही त म आफैँ बाँचेको छु । हामीले यहाँ अरूको सपना पूरा गर्न मात्रै होइन, आफ्ना सपना पनि खोज्न पाउनुपर्छ ।”

‘मिशन ९९९’ ले के दिनेछ ?
ठकुरीद्वारा प्रस्तुत अभियानको प्रारम्भिक रूपरेखा अनुसार, निम्न कार्यक्रमहरू सञ्चालन गरिने छन् :-

रोजगार तयारी कार्यक्रम : निःशुल्क बारटेन्डर र बारिस्टा तालिम, रेजुमे लेख्न सहयोग, अन्तर्वार्ता तयारी
जीवन उपयोगी ज्ञान : बीच सुरक्षा, जीवन बिमा र कार्यस्थल अधिकारबारे सचेतना
आत्मविश्वास अभिवृद्धि : सार्वजनिक भाषण, सफल युवाका प्रेरणादायी कथा, मेन्टर सर्कल
उद्यमशीलता र नवप्रवर्तन : स्टार्टअप सहयोग, साइड–हसल सेमिनार, व्यापारका आधारभूत ज्ञान
मानसिक स्वास्थ्य सहायता : समूहमा छलफल, मार्गदर्शन सत्र, ग्याम्बलिङ तथा पोकीजसम्बन्धी सचेतना, सुरक्षित सम्वादको वातावरण
अवसरका ढोका : स्वयंसेवा, इन्टर्नसिप, नेतृत्व परियोजनाहरू

‘प्रतिबद्धता आजैबाट सुरू हुन्छ’
ठकुरीले अभियान केवल घोषणामा सीमित नरहने र ‘काम आजैबाट सुरु हुने’ उल्लेख गरेका छन् । “हामी पहिलो दिनदेखि नै यस्तो समर्थन प्रणाली निर्माण गर्छौं, जहाँ नेपाली युवा व्यक्तिगत र व्यावसायिक दुवै जीवनमा अगाडि बढ्न सकुन्,” उनले भने ।

युवाको आवाजलाई केन्द्रमा राख्दै अघि बढाउने यो अभियान ‘टिम एकता’ नामक प्यानलबाट निर्वाचित ठकुरीको पहिलो प्रमुख कार्यक्रमको रूपमा आएको हो ।

नेपालबाट हजारौँ किलोमिटर टाढा रहेर पनि आफ्नो जरा र पहिचानलाई भुल्न नचाहने नेपाली युवाहरूका लागि ‘मिशन ९९९’ एउटा सार्थक प्रयासका रूपमा देखिएको छ ।

ठकुरी एनआरएनए अष्ट्रेलियाको २०२५–०२७ कार्यकालका लागि एनएसडब्लु राज्य युवा संयोजक पदमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु