Saturday, July 4, 2026
Zenith Migration Education
Saturday, July 4, 2026

सिन्धुलीको गोलन्जोरमा एकै परिवारका १६ जना सदस्य रहस्यमयरूपमा बेपत्ता

Zenith Migration Education

काठमाडौँ । सिन्धुलीको गोलन्जोर गाउँपालिकामा एकै परिवारका १६ जना सदस्य रहस्यमय रुपमा बेपत्ता भएका छन् ।

गोलन्जोर गाउँपालिका–६ स्थित भण्डास बिप्पर कटेरीका उर्मिला हायुको परिवारका १६ जना सदस्य आइतबार रातिदेखि बेपत्ता भएको वडाध्यक्ष रविन श्रेष्ठले जानकारी दिए ।

सीमान्तकृत समुदायको सामाजिक सुरक्षा भत्ता बुझेर फर्किएका परिवारका सदस्य सम्पर्कविहीन भएका हुन् ।

‘‘उर्मिला हायुको घरमा आगो लागेर सामान्य क्षति भएको देखिएको छ । साथै घर पालुवा जनावर अलपत्र अवस्थामा रहेको छ ।’’ वडाध्यक्ष श्रेष्ठले भने । बेपत्ताहरुको खोजी कार्य भइरहेको वडाध्यक्ष श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु