Saturday, July 4, 2026
Zenith Migration Education
Saturday, July 4, 2026

विपिन जोशीको अवस्था अज्ञात छ : इजरायल

Zenith Migration Education

इजरायल । इजरायलका परराष्ट्र मन्त्रालयले विपिन जोशीको अवस्था अज्ञात रहेको बताएको छ । नेपाल सरकारका पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई इजरायलका परराष्ट्र मन्त्रालयले जोशीको अवस्थाबारे कुनै अपडेट नरहेको जानकारी गराएको हो ।

इजरायली परराष्ट्र मन्त्रालयका महानिर्देशक इडन वार तालसँग भेटमा पूर्वमन्त्री ज्ञवालीले जोशीको सुरक्षित तथा चाँडो उद्धार र स्वदेश फिर्तीबारे गम्भीर चासो राखेका थिए । तर जवाफमा महानिर्देशक तालले जोशीको अवस्थाबारे कुनै जानकारी नरहेको बताए । साथै उनले जोशीको खोजीका लागि पहल भइरहेको जानकारी दिए ।

करिब ४०–५० जना झैँ बन्धक रहेको र उनीहरूको रिहाइका लागि पहल भइरहेको उनको भनाइ थियो । तर विपिनको अवस्था अज्ञात रहेको मन्त्रालयका निर्देशकले बताए ।

भेटमा नेपाल र इजरायलबीचको ६५ वर्ष लामो मित्रता र सहकार्यबारे विस्तृत छलफल गरिएको पूर्वमन्त्री ज्ञवालीले जानकारी दिए । साथै दुई सरकारबिचका अघिल्लो सहमति कार्यान्वयनसम्बन्धी विषयहरू पनि छलफल भएको उनले बताए ।

प्रवासी नेपाली मञ्च इजरायलको अधिवेशनका लागि इजरायल आइपुगेका ज्ञवाली सोमबार स्वदेश फिर्ता भएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु