सिड्नी (अष्ट्रेलिया) । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको नवनिर्वाचिन कोषाध्यक्ष निजन चौलागाईंले मतदातासँग गरेका प्रतिबद्धता पूरा गर्ने बताएका छन् ।
एनआरएनए अष्ट्रेलियाको २०२५–२७ कार्याकालका लागि गत शनिबार सम्पन्न भएको निर्वाचनमा चौलागाईं कोषाध्यक्षमा निर्वाचित भएका हुन् ।
उनले आफ्नो प्रतिद्वन्द्वी लुना सिवाकोटीलाई पराजित गर्दै कोषाध्यक्षमा निर्वाचित भएका हुन् । टिम सन्तोष कुँवरको तर्फबाट कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका चौलागाईंले सात हजार ८७ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्वन्द्वी सिवाकोटीले चार हजार ४५६ मत प्राप्त गरिन् ।
उनले चुनाव ताका गरेका प्रतिबद्धतालाई पूरा गर्ने बताएका छन् । उनले आर्थिक पारदर्शिता, संस्थागत सुदृढीकरण र सहकार्यमा आधारित नेतृत्व स्थापना गर्ने बताएका छन् । साथै आर्थिक पारदर्शिता र सुदृढीकरण : स्थायी र जवाफदेही आर्थिक व्यवस्थापन प्रणालीलाई अझै सुदृढ बनाउने बताएका थिए ।
नेपाल महोत्सवजस्ता कार्यक्रमको बजेट व्यवस्थापनमा सुधार गरी संस्थाको आर्थिक उद्देश्यसँग सन्तुलन मिलाइने र नव–निर्वाचित कार्यसमितिसँग सहकार्य गर्दै साझा लक्ष्यमा केन्द्रित रहने प्रतिबद्धता चौलागाईंको छ ।
समाजसेवा र व्यवसाय दुवै क्षेत्रमा सक्रिया नवनिर्वाचित चौलागाईंले मतदातासँग गरेका प्रतिबद्धता पूरा गर्ने बताउँदै सबै मतदाता तथा समर्थकहरूलाई धन्यवाद ! दिएका छन् ।



