काठमाडौँ । सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा विमल पौडेल सिफारिस भएका छन् । सिनियर रजिस्ट्रार पौडेललाई न्याय सेवा आयोगले मुख्य रजिस्ट्रारमा पौडेललाई सिफारिस गरेको हो ।
उनको बढुवासँगै रिक्त हुने रजिस्ट्रारमा मानबहादुर कार्की सिफारिस भएका छन् । अब बस्ने मन्त्रिपरिषद्बाट निर्णय भएपछि उनीहरूको नियुक्ति हुनेछ ।



