Saturday, July 4, 2026
Zenith Migration Education
Saturday, July 4, 2026

एनआरएनए अष्ट्रेलियाको सचिवमा वकिल कल्याण खड्का

Zenith Migration Education

सिड्नी (अष्ट्रेलिया) । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको सचिवमा कल्याण खड्का निर्वाचित भएका छन् । एनआरएनए अष्ट्रेलियाको २०२५–०२७ कार्याकालका लागि गत शनिबार सम्पन्न भएको निर्वाचनमा खड्का सचिव पदमा निर्वाचित भएका हुन् ।

उनले आफ्नो प्रतिद्वन्द्वी गणेशराज गौतमलाई पराजित गर्दै सचिव पदमा विजयी भएका हुन् । खड्काले सात हजार १८० मत प्राप्त गरेका थिए भने उनका प्रतिद्वन्द्वी गौतमले जम्मा चार हजार ५२८ मत ल्याएका थिए ।

एनआरएनए अष्ट्रेलियाको सचिवमा विजयी भएका खड्काले यसअघि सन् २०२२ देखि २०२५ सम्म राज्य सचिवको रुपमा काम गरिसकेका छन् । उनले सन्तोष कुँवरको टिमबाट उम्मेदवारी दिएका थिए ।

यसैगरी, उनले निर्वाचनका क्रममा अघि सारेका एजेण्डालाई पूरा गर्ने बताएका छन् । पेशाले वकिल समेत रहेको खड्काले आगामी दिन कुँवर नेतृत्व नव टिमसँग मिलेर अघि बढ्ने र आफूले मतदातासँग गरेका प्रतिबद्धता पूरा गर्ने बताए । साथै उनले सबै मतदाता तथा समर्थकहरूलाई धन्यवाद ! दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु