Saturday, July 4, 2026
Zenith Migration Education
Saturday, July 4, 2026

सुन्दरीजलस्थित खोलामा फसेका तीर्थयात्रीको सकुशल उद्धार

Zenith Migration Education

काठमाडौँ, साउन १३ गते । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित सुन्दरीमाई मन्दिर नजिक नुहाउने क्रममा खोलामा फसेका तीर्थयात्रीलाई नेपाली सेनाले उद्धार गरेको छ ।

सोमबार राति करिब २ः३० बजे सुन्दरीमाई मन्दिर नजिक चार भारतीय र एक नेपाली तीर्थयात्री खोेलामा नुहाउने क्रममा एक्कासी खोलाको बहाव बढ्दा उनीहरु त्यहाँ फसेका थिए ।

उनीहरुलाई श्री चन्दननाथ गणबाट खटिएको उद्धार टोली, अन्य सुरक्षा निकाय र स्थानीयको सहयोगमा सकुशल उद्धार गरेको नेपाली सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु