सिड्नी (अष्ट्रेलिया) । अष्ट्रेलियाको बेन्डिगो बैंकले आफ्नो २८ वटा शाख बन्द गर्ने भएको छ । बैंकले विज्ञप्ति जारी गर्दै आफ्नो २८ वटा शाखा बन्द गर्ने जानकारी दिएको हो ।
अष्ट्रेलियाको न्यू साउथ वेल्सका १२, भिक्टोरयाको नौ र साउथ अष्ट्रेलियाको सात वटा शाखा बन्द गर्ने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
बन्द हुन लागेको शाखाका लागि पर्याप्त ग्राहहरु नभएका र सिमित बैंकिङ सेवा भएकाले बन्द गर्ने निर्णयमा पुगेको बैंकले जनाइएको छ ।
बेन्डिगो बैंकको अष्ट्रेलियाभर चारभन्दा बढी शाखा रहेको छ भने २७ लाख ग्राहकले यस बैंकबाट कारोबार गरिरहेका छन् ।



