Friday, July 17, 2026
Zenith Migration Education
Friday, July 17, 2026

एनआरएनए अष्ट्रेलिया निर्वाचन : नौ हजार ९४८ जनाले गरे मतदान

Zenith Migration Education

सिड्नी (अष्ट्रेलिया) । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको मतदान जारी रहेको छ । एनआरएनए अष्ट्रेलियामा आगामी २०२५–०२७ कार्याकालका लागि नयाँ नेतृत्व चयन गर्न शनिबार बिहानदेखि जारी मतदानमा नौ हजार ९४८ मत खसेको अष्ट्रेलिया निर्वाचन आयोगले जनाएको छ ।

शनिबार दिउँसो २ः४९ बजेसम्म सबैभन्दा बढी न्यू साउथ बेल्समा मतदान भएको छ । त्यहाँ दुई हजार ३४८ मत खसेको छ भने सबैभन्दा कम नर्दन टेरिटोरिमा खसेको छ । नर्दन टेरिटोरिमा ४७४ मत खसेको आयोगले जनाएको छ ।

यसैगरी, कुईन्स्ल्यान्डमा एक हजार सय २७९, भिक्टोरियमा एह हजार ४६७, साउथ अष्ट्रेलियामा एक हजार ८६, वेस्ट्रन अष्ट्रेलियामा एक हजार ४५६, अष्ट्रेलियन क्यापिटल टेरिटोरिमा एक हजार २४३ र तास्मानियामा ५९५ मत खसेको छ ।

यसैगरी एनआरएनए अष्ट्रेलिया निर्वाचनमा मतदाताको उत्सहाजनक सहभागिता देखिएको छ ।

आप्रवासी नेपाली समूदायले आफूले दुई वर्षपछि पुनः आफूले मन पराएको उम्मेदवारलाई जिताउन उत्सावहपूर्वक मतदान गरिरहेका छन् ।

मतदान बेलुकी बेलुकी ७ बजेसम्म जारी रहने छ ।

एनआरएनए अध्यक्ष पदका लागि सन्तोष कुँवर, सञ्जीव गोर्खाली ढकाल र भैरव ढकाल प्रतिस्पर्धामा छन् ।

यसैगरी, उपाध्यक्ष पदमा बबिन मिश्र र रमेश पौडेल र महासचिवमा चुडामणि सापकोटा, भरतमणि देवकोटा र अर्जुन गौतमबीच प्रतिस्पर्धा हुने छ ।

सचिव पदमा कल्याण खड्का र गणेशराज गौतम र कोषाध्यक्ष पदका लागि लुना सिवाकोटी र निजन चौलागाईंबीच प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु