नारायणगढ । गण्डकी प्रदेशका पूर्व प्रमुख पृथ्वीमान गुरुङको ७६ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि क्यान्सर रोगबाट ग्रसित रहेका गुरुङको शनिबार बिहान निवास भरतपुरको दिब्यनगरमा निधन भएको नेपाली कांग्रेस चितवनका अध्यक्ष राजेशवर खनालले जानकारी दिए ।
तत्कालीन कास्कीको माछापुच्छ्रे गाउँपालिकाको ल्वाङघलेलमा २००६ सालमा जन्मेका गुरुङलाई २०७८ साउन १२ गते पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश प्रमुखमा नियुक्ति गरेकी थिइन् ।
गुरुङका छोरा देश बाहिर रहेकाले आइतबार अन्त्येष्टि गरिने छ । उनका दुई छोरामध्ये जेठो छोराको निधन भइसकेको छ भने उनका कान्छा छोरा र श्रीमती रहेका छन् ।



