Friday, May 1, 2026
Zenith Migration Education
Friday, May 1, 2026

प्राविधिक गडबडीका कारण अलास्का एयरलायन्सका उडानमा अवरूद्धता

Zenith Migration Education

वासिङ्टन । अलास्का एयरलाइन्सले अमेरिकी सङ्घीय उड्डयन प्रशासन (एफएए) ले जारी गरेको सुझाबअनुसार आफ्ना सबै उडान अर्को सूचना नभएसम्मका लागि रोक्न अनुरोध गरेको छ ।

एयरलाइन्सले स्थानीय समयअनुसार आइतबार एएफपीसँग भनेको छ, “सूचना प्रविधिको अवरूद्धताको अनुभव गरिएको र यसले हाम्रो उडान सञ्चालनलाई असर गरिरहेको छ । कम्पनीले ‘समस्या समाधान नभएसम्म’ अलास्का र होराइजन एयरको उडानसम्बन्धी सेवा अस्थायीरूपमा रोक्न अनुरोध गरेको छ ।

कम्पनीका विमानको ग्राउन्ड स्टपबाट सबै गन्तव्यहरू प्रभावित भएको देखाएको छ । एएफपीले समस्याबारे टिप्पणीका लागि गरेको अनुरोधमा उसले तत्काल कुनै प्रतिक्रिया दिएको छैन ।

अलास्का एयरलाइन्सले विमानस्थलमा जानुअघि यात्रुलाई आफ्नो उडानको अवस्था जाँच्न आग्रह गर्दै अवरोधका लागि क्षमा याचना गरेको छ । “यो असुविधाका लागि हामी हाम्रा पाहुना (यात्रु) सँग क्षमा याचना गर्दछौं,” विज्ञप्तिमा भनिएको छ ।

“साँझभरि हाम्रो अपरेसनमा अवशिष्ट प्रभावहरू हुनेछन् । एक्समा पनि पोस्ट गरिएको यो बयानले निराश यात्रुहरूको प्रतिक्रियालाई आकर्षित गर्यो ।

“यो क्रूर छ। हामी दुई घण्टादेखि विमानस्थलमा बसिरहेका छौं,’ कालेब हेमलिच नामगरेका एक्स प्रयोगकर्ताले जवाफमा लेखेका छन् ।

गत वर्ष जनवरीमा पोर्टल्याण्ड, ओरेगन र क्यालिफोर्नियाको ओन्टारियोबीच अलास्का एयरलाइन्सको उडानका क्रममा बोइङ ७३७ म्याक्स ९ को डोर प्लग सेक्शन विस्फोट भएको एक वर्षभन्दा बढी समयपछि यो घटना भएको हो ।

शुक्रबार १७१ यात्रु र चालक दलका छ सदस्य रहेको विमानमा गहिराइबाट आरोहणको समयमा अनुभव गरिएको दबावको कमीसम्बन्धी परिवेशबाट बच्न सफल भएपछि एफएएले अमेरिकी एयरलाइन्सद्वारा सञ्चालित अधिकांश बोइङ ७३७–९ विमानहरू ग्राउन्डेड गरिएको हो ।

गत महिना अमेरिकी अनुसन्धानकर्ताहरूले बोइङले उत्पादन मूलक कर्मचारीलाई पर्याप्त तालिम दिन नसक्नु अलास्का एयरलाइन्सको विमान दुर्घटनाको मुख्य कारण भएको बताएका थिए । अलास्का एयर ग्रुपसँग २३८ बोइङ ७३७ र ८७ एम्ब्रेयर १७५ विमान गरी ३२५ विमान छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु