Sunday, May 3, 2026
Zenith Migration Education
Sunday, May 3, 2026

इलाममा धारिलो हतियार प्रयोग गरी युवकको हत्या

Zenith Migration Education

इलाम । इलामको सूर्याेदय नगरपालिका–१ मा गएराति एक जनाको हत्या गरिएको छ । माइजोगमाई गाउँपालिका–२ जोगमाइका २१ वर्षीय प्रकाश चापागाईंको हत्या भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

३२ वर्षीय दाजुु निरोज चापागाईंसँगै ससुुराली घर गएका प्रकाशको सूर्याेदय– १, शिरिसेका ३३ वर्षीय किरण शेर्पासँग झगडा परेको थियो । काजी तामाङको घरमा भएको झगडाका क्रममा धारिलो हतियार प्रकाशमाथि प्रहार हुँदा प्रकाशको घटनास्थलमै मृत्युु भएको जनाइएको छ । दाजुु निरोजको पेटमा पनि धारिलो हतियारबाट गहिरो चोट लागेको र गभ्मीर अवस्थामा रहेका निरोजलाई उपचारका लागि फिक्कल पठाइएको प्रहरीले जनाएको छ ।

घटनापछि शेर्पालाई प्रहरीले पक्राउ गरेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु