Thursday, May 7, 2026
Zenith Migration Education
Thursday, May 7, 2026

नवलपुरमा बस र कार ठोक्किँदा चार जना घाइते

Zenith Migration Education

नवलपुर । कालीगण्डकी करिडोरअन्तर्गत नवलपुरको बौदीकाली गाउँपालिका–३ खैरेनीमा कार र बस एक आपसमा ठोक्किँदा चार जना घाइते भएका छन् ।

बौदीकाली गाउँपालिका ३ खैरेनीस्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत पाल्पा रामपुरबाट डेढँगाउतर्फ आउँदै गरेको ग २ च ९५४६ नम्बरको कार र गैँडाकोटबाट पाल्पातर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०१–००१ ख ०४३८ नम्बरको बस एक आपसमा ठोक्किँएको हो ।

दुर्घटनामा परी कार चालक तनँहुको भिमाद नगरपालिका–६ का २३ वर्षीय विवेक शाह, कारमा सवार ६८ वर्षीय पदमराज जोशी, ५८ वर्षीय जंग बहादुर राना र तनहुँको ब्यास नगरपालिका–५ का ४९ वर्षीय केशव रुचाल घाइते हुनु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए ।

घाइतेहरुको रामपुर अस्पताल पाल्पामा उपचार भइरहेको छ । बस र बसका चालक पाल्पा रम्बा गाउँपालिका–१ का ३७ बर्षीय संजय प्रसाईलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु