Sunday, May 3, 2026
Zenith Migration Education
Sunday, May 3, 2026

संस्कृति समाजको प्राण तत्त्व हो : मन्त्री पाण्डे

Zenith Migration Education

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले संस्कृति प्रत्येक समाजको प्राण तत्त्व भएको बताएका छन् ।

बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा आयोजित विभिन्न ११ विधाका स्रष्टाहरूलाई पुरस्कार वितरण कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताएका हुन् ।

उहाँले भन्नुभयो, “संस्कृति एउटा अमूर्त विषय हो, तर यसैभित्र शक्ति छ, प्राण छ । संस्कृति भनेको प्रत्येक समाजको प्राण तत्त्व हो । यदि संस्कृति छैन भने त्यो समाज नै छैन भन्नु हुन्छ । त्यो समाजको पहिचान छैन भन्ने बुझ्नुपर्छ ।”

मन्त्री पाण्डेले संस्कृतिद्वारा वहन गरिने साहित्य र दर्शनलाई “अनुपम” भन्दै त्यसलाई दुनियाँका लागि “दर्शनीय” बताए ।उनले थप्दै भने, “हाम्रो पर्यटन विविधतापूर्ण छ। नागरिक उड्डयन क्षेत्र पनि छ। यो सरकारलाई एक वर्ष पुगेको छ। यस अवधिमा मैले प्रकृति र संस्कृतिको विविधताको कुरा गर्दै आएको छु। संस्कृति र प्रकृतिलाई चलायमान बनाउँदै यसको अधिकतम उपयोग गर्ने दिशामा काम गरिरहेको छु ।”

नागरिक उड्डयन क्षेत्रलाई सुचारु र गतिशील बनाउन स्पष्ट दृष्टिकोणसहित अघि बढ्नुपर्नेमा पनि उहाँले जोड दिए ।

कार्यक्रममा मन्त्री पाण्डेले सुधारका कुरालाई छायामा पारेर केवल नकारात्मक कुरा मात्रै गर्ने प्रवृत्ति गलत भएको उल्लेख गर्दै मन्त्रालयले सुधारका विभिन्न योजनासहित कार्य गरिरहेको स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु