Saturday, May 2, 2026
Zenith Migration Education
Saturday, May 2, 2026

सङ्घीय मामिला मन्त्री गुप्ताद्वारा राजीनामा

Zenith Migration Education

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिएका छन् । उनले मङ्गलबार प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा दिएका हुन् ।

मन्त्री गुप्ताले आफूमाथि लागेको आरोपको अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउन सहयोग पुगोस् भनेर राजीनामा दिएको बताए । उनले आजसम्म आफूलाई सहयोग गरेका सबैप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पार्टीले दिएको जिम्मेवारी निष्ठापूर्वक पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे । उनका बारेमा विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा लाखौँ रुपियाँ घूस लिएको श्रव्य सामग्री सार्वजनिक भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु