Wednesday, May 6, 2026
Zenith Migration Education
Wednesday, May 6, 2026

अष्ट्रेलियामा बसोवास गर्ने सम्पूर्ण नेपालीलाई नेपाली भएर बाच्न क्याप्टेन लामाको आग्रह

Zenith Migration Education

अष्ट्रेलिया (सिड्नी) । कलाकार एवम् ब्रानड एम्बेसड क्याप्टेन विजय लामाले अष्ट्रेलियामा बसोवास गर्ने सम्पूर्ण नेपालीलाई नेपाली भएर बाच्न आग्रह गरेका छन् । शनिबार युनाइटेड पे रेमिटको उद्घान गर्न सिड्नी आइपुगेका क्याप्टेन लामालाई फ्लेभर्स अफ नेपालले सम्मान गरेको थियो । यो क्रममा आफ्नो मन्तव्य राख्नुहुँदै लामाले सो धारणा व्यक्त गरेका हुन् ।

‘‘पार्टीको झण्डाभन्दा पनि देशको झण्डा लिएर अगाडि बढ्नु पर्छ । मलाई विजय लामा भनेर भन्दा पनि मलाई नेपाली विमान चालक भनेर चिन्छन् ।’’ आफ्नो मन्तव्य राख्दै लामाले भने, ‘‘यो पहिचान हामीले गुमाउनु भएन र गुमानउनु हुँदै ।’’

उनले थप्दै भने, ‘‘हामी नेपाली जा पनि कानुनी रुपमा बस्दै । कानुनको परिधिभित्र बसेर काम गरौं । जसका कारण विदेशी भूमिमा हाम्रो उच्च सम्मान हुन्छ । विदेशी भूमिमा कुनै पनि कुराबाट वञ्चित नहौँ भनेर युनाइटेड पे रेमिट सञ्चालनमा आउन लागेको हो । नेपालीहरु इमानको खानी र विरताको धनी हो भनेर हामी चिनिनु पर्छ ।’’

आज सिड्नीमा उद्घाटन हुन लागेको युनाइटेड पे रेमिटबारे पनि क्याप्टेन लामाले जानकारी दिए । आजबाट सञ्चालन हुने ‘युनाइटेड पे रेमिट’मार्फत नेपाली समुदायले सुरक्षित, छिटो र कानुनी माध्यमबाट नेपाल पैसा पठाउन सक्नेछन् । नेपाल राष्ट्र बैंकमा दर्ता भएर अष्ट्रेलियाबाट पैसा पठाउने अनुमति पाएको गुडविल रेमिट प्रा.लि अन्तर्गतको युनाइटेड पे रेमिटले आइतबार अष्ट्रेलियाबाट आफ्नो सेवा प्रारम्भ गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु