Wednesday, May 6, 2026
Zenith Migration Education
Wednesday, May 6, 2026

अहिलेको सङ्घीय संरचना भत्काउनुपर्छः अध्यक्ष यादव

Zenith Migration Education

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले समानतामा आधारित प्रणाली नभएसम्म लोकतान्त्रिक गणतन्त्रको अर्थ नरहेको बताएका छन् । काठमाडौँमा आयोजित दलित, पिछडावर्ग, थारु, आदिवासी र अल्पसङ्ख्यकहरुको राष्ट्रिय भेलामा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले प्रदेशहरुको संरचना घुमाइ घुमाइ बनाइएको बनाइएको जिकिर गरे । उनले आठ वटा जिल्ला मात्रै मधेश नभएको बताए । उनले बाँकी सबै ६ प्रदेशमा कम सङ्ख्या भएको समुदायको हाली मुहाली हुनेगरी बनाइएको बताएका छन् । यो संरचनागत विभेल भएको जिकिर गरे ।

अध्यक्ष यादवले नेपालमा प्रदेशहरुको आकार पहिचान र सामथ्र्यका आधारमा हनुपर्ने बताए । उनले लोकतन्त्रलाई समावेशी लोकतन्त्र नबनाएसम्म, लैङ्गिक असमानता र विभेद अन्त्य नगरेसम्म मुलुकमा शान्ति, स्थिरता, विकास र समृद्धि प्राप्त नहुने बताए । त्यसैले अहिलेको सङ्घीयता संरचना भत्काउनुपर्ने बताए । अहिलेको संरचनामा सबै भाषाहरुलाई समानताका साथ मान्यता नदिइएको, दलित र गैरदलितको भेदभावको अन्त्य गर्न नसक्ने भएकाले अहिलेको संरचना भत्काउन जरुरी रहेको उनको भनाइ छ ।

अध्यक्ष यादवले समानताका आधारमा न्यायोचित वितरण नभएसम्म सामाजिक न्याय सम्भव नरहेको बताए । उनले समानता र सामाजिक न्याय नभएको ठाउँमा लोकतन्त्रको अर्थ नरहने बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु